एजेन्सी । म्यानचेस्टर सिटी प्रिमियर लिगमा क्रिस्टल प्यालेससंग बराबरीमा रोकिएको छ ।

सनिवार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी क्रिस्टल प्यालेससंग २–२ को बराबरीमा रोकिएको हो ।

प्यालेसको घरेलु मैदान सेलहुर्स्ट पार्क रंगशालामा भएको खेलमा भ्रमणकारी टोली सिटी दुई पटक खेलमा पछि परेर बराबरीसम्म आयो ।

खेल सुरु भएको चौथौं मिनेटमा विल हगेहेसको पासमा ड्यानियल मुनोजले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।

त्यसपछि खेलको ३० औं मिनेटमा म्याथ्युस नुनेसको पासमा इर्लिङ हालान्डले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

यता, दोस्रो हाफको ५६ औं मिनेटमा विल हगहेसकै पासमा म्याक्सेन्स लाक्रोक्सले गोल गर्दा पुनः प्यालेस २–१ ले अघि बढ्यो ।

तर, ६८ औं मिनेटमा बेनार्डो सिल्भाको पासमा रिको लिविसले गोल फर्काउँदा सिटी २–२ को बराबरीमा आयो ।

त्यसपछि खेलको ८४ औं मिनेटमा लिविसले दोहोरो पँहेलोसंगै रातो कार्ड खाँदा सिटी १० खेलाडीमा समेतियो ।

बराबरीसंगै सिटीले १५ खेलबाट २७ अंक जोडेर लिग तालिकाको चौथौं स्थानमा रहेको छ ।

प्यालेसको पनि समान १५ खेलमा १३ अंकसहित तालिकाको १६ औं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगअन्तर्गत नै अन्य खेलहरुमा एस्टन भिल्लाले साउथह्याम्टनलाई १–० ले हराउँदा ब्रेन्टफोर्डले पनि न्युक्यासल युनाइटेडलाई ४–२ ले पराजित गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.