
एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जित निकालेको छ ।
बुधवार राति भएको खेलमा साविक विजेतासमेत रहेको म्यानचेस्टर सिटीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी बर्नलीमाथि ३–१ को सहज जित निकालेको हो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा जुलियान अल्भारेजले दुई गोल गर्दा राड्रीले एक गोल थपे ।
पराजित भ्रमणकारी टोलीका लागि भने अमिन अल दाखिलले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको १६ औं मिनेटमा म्याथ्युस नुनेसको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २२ औं मिनेटमा केभिन डी ब्रएनाको पासमा अल्भारेजले व्यक्तिगत रुपमा दोस्रो लोग थप्दा सिटी २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको सुरुवाती सामय ४६ औं मिनेटमा फिल फोडेनको पासमा रोड्रीले गोल थप्दा साविक विजेता टोली ३–० ले अघि बढ्यो ।
खेलको अन्त्यतिर इन्जुरी समयको तेस्रो मिनेटमा बर्नलीका लागि अमिनले एक गोल फर्काउँदा खेल ३–१ ले सकियो ।
सहज जितसंगै सिटीले २१ खेलमा ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित बर्नलीको भने २२ खेलमा १२ अंकसहित तालिकाको १९ औं स्थानमा रहेको छ ।
यता, विहिवार राति नै भएको अर्को खेलमा टोटनहम हटस्परले ब्रेन्टफोर्डमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो ।
टोटनहम हटस्पर रंगशालमा भएको खेलमा १५ औं मिनेटमा नेइल मौपेले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ४८ औं मिनेटमा डेस्टिनी उदोगेईले टोटनहमका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसको एक मिनेटपछि नै टिमो वार्नरको पासमा ब्रेनान जोन्सनले घरेलु टोलीका लागि गोल थप्दा खेल २–१ को अवस्थामा आयो ।
त्यसपछि ५६ औं मिनेटमा रिचार्लेसनले गोल थप्दा टोटनहम ३–१ ले अघि बढ्यो ।
यता, ६७ औं मिनेटमा इभान टोनीले ब्रेन्टफोर्डका लागि गोल फर्काउँदा खेल ३–२ को अवस्थामा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल टोटनहमले जित्यो ।
प्रतिस्पर्धात्मक जितसंगै टोटनहमले २२ खेलमा ४३ अंक जोड्दै लिग तालिकामा चौथौं स्थानमा उक्लिएको छ ।
पराजित ब्रेन्टफोर्डको भने २१ खेलमा २२ अंकसहित तालिकाको१५ औं स्थानमा झरेको छ ।