Soccer Football - Premier League - AFC Bournemouth v Southampton - Vitality Stadium, Bournemouth, Britain - September 30, 2024 AFC Bournemouth's Dango Ouattara celebrates scoring their second goal with AFC Bournemouth's Lewis Cook, AFC Bournemouth's Antoine Semenyo and AFC Bournemouth's Marcus Tavernier Action Images via Reuters/Andrew Boyers

एजेन्सी । एएफसी बर्नमाउथले प्रिमियर लिगमा साउथह्याम्टनमाथि सहज जित हासिल गरेको छ ।

सोमवार राति भएको खेलमा एएफसी बर्नमाउथले साउथह्याम्टनमाथि ३–१ को सहज जित हासिल गरेको हो ।

बर्नमाउथको घरेलु मैदान भिटाली रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन इभानिल्सन, डाङ्गो ओटारा, एन्टोनी सेमेन्योले गोल गरे ।

भ्रमणकारी टोलीका लागि भने टेलर हारउड बेलिसले सान्तोना गोल फर्काए ।

खेल सुरु भएको १७ औं मिनेटमा मार्कुस टाभेर्नियरको पासमा इभानिल्सनले गोल गर्दा घरेलु टोलीले सुरुवाती अग्रता लियो ।

त्यसपछि ३२ औं मिनेटमा लेविस कुकको पासमा ओटाराले गोल थप्दा बर्नमाउथ २–० ले अघि बढ्यो ।

त्यस्तै, ३९ औं मिनेटमा कुककै पासमा सेमेन्योले गोल गर्दा बर्नमाउथ पहिलो हाफसम्म ३–० को आरामदायी अग्रतामा अघि बढ्यो ।

यता, साउथह्याम्टनका लागि भने दोस्रो हाफको ५१ औं मिनेटमा बेलिसले गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।

त्यसपछि खेलमा थप गोल भएन र खेल बर्नमाउथले जित्यो ।

महत्वपूर्ण जितसंगै बर्नमाउथले लिग तालिकामा ६ खेलबाट ८ अंक जोडेर १२ औं स्थानमा उक्लेको छ ।

पराजित साउथह्याम्टनको भने समान ६ खेलमा मात्र १ अंकसहित तालिकाको १९ औं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.