
एजेन्सी । आर्सनलले प्रिमियर लिगमा लेस्टर सिटीमाथि जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा बलियो आर्सनलले लेस्टर सिटीमाथि ४–२ को जित निकालेको हो ।
गर्नसका रुपमा समेत चिनिने आर्सनलले घरेलु मैदान इमिरेट्स रंगशालामा इन्जुरी समयमा दुई गोल थप्दै जित निकाल्न सफल भयो ।
पहिलो हाफको २० औं मिनेटमा जुरेन टिमबरको पासमा ग्राबियल मर्टिनेलीले गोल गर्दै घरेल टोलीलाई सुरुवाती अग्रता दियो ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मर्टिनेलीको पासमा लियान्ड्रो ट्रोस्सार्डले गोल गर्दै आर्सनललाई २–० ले अघि बढाए ।
तर, दोस्रो हाफको सुरुतिर नै ४७ औं मिनेटमा फाकुन्डोको पासमा जेम्स जस्टिनले लेस्टरका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसपछि ६३ औं मिनेटमा वेलफ्रेड एनडिडीको पासमा जस्टिनले नै गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
बराबरीउन्मुख खेलको अन्त्यतिर इन्जुरी समयको चौथौं मिनेटमा लेस्टरका एनडिडीले आत्मघाती गोल गर्न पुग्दा गर्नस ३–२ ले अघि बढ्यो ।
त्यसपछि इन्जुरी समयको ९ औं मिनेटमा काइ हाभार्टेजले गोल थप्दा आर्सनल ४–२ ले विजयी भयो ।
जितसंगै आर्सनलले प्रिमियर लिगमा ६ खेलबाट १४ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
साविक विजेता म्यानचेस्टर सिटीको पनि समान अंक भएतापनि गोलअन्तरका आधारमा सिटी प्रथम स्थानमा रहेको छ ।
यता, पराजित लेस्टरको भने ६ खेलबाट ३ अंकसहित तालिकाको १६ औं स्थानमा झरेको छ ।