एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा लुटन टाउन र एभर्टनले बराबरी खेलेका छन् ।

शुक्रवार राति भएको खेलमा रेलिगेशनबाट बच्न संघर्षरत लुटन टाउन र एभर्टनले १–१ को बराबरी खेलेका हुन् ।

लुटन टाउनको घरेलु मैदान केनिलवर्थ रोड रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीका लागि डोमिनिक कार्भट लेविनले गोल गर्दा घरेलु टोलीका लागि इलिजाह अदेबायोले गोल फर्काए ।

दुबै गोल पहिलो हाफमा सम्भव भयो । खेलको २४ औं मिनेटमा लेविनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई १–० ले अघि बढाए ।

तर, ३१ औं मिनेटमा अर्बट साम्बी लाकोङ्गाको पासमा अदेबायोले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

बराबरीसंगै एभर्टनले ३६ खेलबाट ३७ अंक जोड्दै लिग तालिकाको १५ औं स्थानमा रहेको छ ।

यता, समान ३६ खेलबाट २६ अंक भएको लुटन तालिकाको १८ औं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.