
एजेन्सी । लिभरपूलले प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।
आईतवार राति भएको खेलमा लिड लिडर लिभरपूलले वेस्टह्याम युनाइटेडमाथि २–१ को रोमाञ्चक जित निकालेको हो ।
मर्सिसाइड क्लबको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुइस डाइज र भिर्गिल भान डाइकले गोल गरे ।
पराजित टोलीका लागि भने लिभरपूलकै एन्ड्रियु रोर्बटसनले आत्मघाती एक गोल दिए ।
पहिलो हाफको १८ औं मिनेटमा मोहम्मद सलाहको पासमा डाइजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ८६ औं मिनेटमा रोर्बटसनले आत्मघाती गोल गर्न पुग्दा वेस्टह्याम खेलमा फर्कियो ।
यता, खेलको अन्त्यतिर ८९ औं मिनेटमा एलेक्सिस म्याक अलिस्टेरको पासमा भान डाइकले गोल गर्दा लिभरपूलले खेल २–१ ले जित्यो ।
जितसंगै लिभरपूल उपाधि नजिक पुगेको छ ।
लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपूलले ३२ खेलबाट ७६ अंक जोडेको छ ।
अब मर्सिसाइड क्लबले २ खेल जितेमा लिग जित्ने तय छ ।
पराजित वेस्टह्यामको भने ३२ खेलबाट ३५ अंकसहित तालिकाको १७ औं स्थानमा रहेको छ ।