एजेन्सी । आईपिएसविचमाथि सहज जित निकाल्दै लिभरपूलले प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।

सनिवार साँझ भएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी आईपिएसविचमाथि २–० को सहज जित निकाल्दै लिभरपूलले सिजनमा विजयी सुरुवात गरेको हो ।

आईपिएसविचको घरेलु मैदान पोर्टम्यान रोड रंगशालामा भएको खेलमा मर्सिसाइड क्लबलाई जिताउन मोहम्मद सलाह र डिएगो जोटाले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६० औं मिनेटमा सलाहको पासमा जोटाले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ६५ औं मिनेटमा सालाहले गोल थप्दा लिभरपूल २–० ले अघि बढ्यो ।

यही सिजनमात्रै प्रिमियर लिगमा बदुवा भएको घरेलु टोलीले भने खेलमा गोल नकाल्न सकेन ।

सहज जितसंगै बलियो लिभरपूलले लिग तालिकामा ३ अंकको खाता खोलेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.