
एजेन्सी । लिग लिडर लिभरपूलले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा नटिङघम फोरेस्टमाथि संघर्षपूर्ण जित निकालेको छ ।
सनिवार राति भएको खेलमा उपाधि होडमा रहेको लिभरपूलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी नटिङघम फोरेस्टमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।
फोरेस्टको घरेलु मैदान द सिटी ग्राउन्ड रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीका लागि डार्विन नुनेजले एकमात्र निर्णायक गोल गरे ।
बराबरी उन्मुख खेलमा इन्जुरी समयको ९ औं मिनेटमा एलेक्सिस म्याक अलिस्टारको असिस्टमा नुनेजले गोल गर्दै रेड्सलाई १–० ले जिताए ।
महत्वपूर्ण जितसंगै लिड लिडर लिभरपूलको २७ खेलमा ६३ अंक भएको छ ।
पराजित फोरेस्टको भने समान २७ खेलमा २४ अंकसहित तालिकाको १७ औं स्थानमा रहेको छ ।
प्रिमियर लिगअन्तर्गत सनिवार राति नै भएको अन्य खेलहरुमा एस्टन भिल्लाले लुटन टाउनलाई ३–२ ले पराजित गर्दा टोटनहम हटस्परले क्रिस्टल प्यालेसमाथि ३–१ को सहज जित निकाल्यो ।
त्यस्तै, न्युक्यासल युनाइटेडले उल्भ्समाथि ३–० को सहज जित निकाल्दा फुलहमले पनि ब्राइटनमाथि ३–० कै जित हासिल गर्यो ।
यता, वेस्टह्याम युनाइटेडले एभर्टनमाथि ३–१ को जित रच्दा चेल्सी भने ब्रेन्टफोर्डसंग २–२ को बराबरीमा रोकियो ।