एजेन्सी । प्रिमियर लिगको साताको हेभिवेट खेल बराबरीमा सकिएको छ ।
आईतवार राति भएको म्यानचेस्टर युनाइटेड र चेल्सीबीचको खेल १–१ को बराबरीमा सकिएको हो ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफेड रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि कप्तान ब्रुनो फर्नान्डेज र भ्रमणकारी टोली चेल्सीका लागि मोइसेस काइसेडोले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७० औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाए ।
तर, ७४ औं मिनेटमा काइसेडोले चेल्सीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा सकियो ।
बराबरीसंगै चेल्सीले १० खेलबाट १८ अंक जोडेर लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
यता, युनाइटेडले भने समान १० खेलमा १२ अंक जोडेर तालिकाको १३ औं स्थानमा रहेको छ ।