एजेन्सी । फुलहमले प्रिमियर लिगअन्तर्गत खेलमा ब्रेन्टफोर्डमाथि पुनरागमन जित हासिल गरेको छ ।

सोमवार राति भएको खेलमा फुलहमले ब्रेन्टफोर्डमाथि २–१ को सनसनी पुनरागमन जित हासिल गरेको हो ।

फुलहमको घरेलु मैदान कार्भेन कटेज रंगशालामा भएको खेलमा हार उन्मुख फुलहमले इन्जुरी समयमा सनसनी दुई गोल गर्दै जित हासिल गर्यो ।

पहिलो हाफको २४ औं मिनेटमा किस्टियन नोरगार्डको पासमा भिटाली जानेल्टले गोल गर्दै भ्रमणकारी टोलीले सुरुवाती अग्रता लियो ।

तर, निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा एडमा टाउरेको पासमा ह्यारी विल्सनले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा एन्टोनी रोबिन्सनको पासमा विल्सनले नै गोल थप्दा फुलहम २–१ ले विजयी भयो ।

जितसंगै फुलहमले १० खेलबाट १५ अंक जोडेर लिग तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

पराजित ब्रन्टफोर्ड भने समान १० खेलमा १३ अंकसहित तालिकाको १२ औं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.