एजेन्सी । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा ब्रेन्टफोर्डमाथि जित निकालेको छ ।

सनिवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै २–१ को जित निकालेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफेड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा आलेहान्ड्रो ग्रानाचो र रासमुस होइलुन्डले गोल गरे ।

पराजित भ्रमणकारी टोलीका लागि भने इथान पिननकले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा मिक्केल डाम्सगार्डको पासमा पिननकले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।

तर, दोस्रो हाफको सुरुवाती समयतिर ४७ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा ग्रानाचोले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

यता, लगातार जसो खेलमा आक्रमण बुनिरहेको युनाइटेडले ६२ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा होइलुन्डले गोल थप्दा २–१ ले अघि बढ्यो ।

त्यसपछि खेलमा थप गोल निस्किएन र युनाइटेड २–१ ले विजयी भयो ।

महत्वपूर्ण जितसंगै युनाइटेडले ८ खेलबाट ११ अंक जोड्दै लिग तालिकाको १० औं स्थानमा उक्लिएको छ ।

पराजित ब्रेन्टफोर्डले समान ८ खेलमा १० अंकसहित तालिकाको १२ औं स्थानमा झरेको छ ।

सनिवार राति नै भएको अन्य प्रिमियर लिग खेलमा टोटनहम हटस्परले वेस्टह्याम युनाइटेडलाई ४–१ ले पराजित गर्दा फुलहम भने एस्टन भिल्लासंग ३–१ ले पराजित भयो ।

त्यस्तै, लेस्टर सिटीले साउथह्याम्टनलाई ३–२ ले पराजित गर्दा न्युक्यासल युनाइटेड भने ब्राइटनसंग १–० ले स्तब्ध बन्यो ।

यता, एभर्टनले भने आईपिएसविच टाउनलाई २–० ले पराजित गर्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.