
एजेन्सी । लिभरपूलले प्रिमियर लिगअन्तर्गत खेलमा ब्रेन्टफोर्डमाथि सहज जित निकालेको छ ।
आईतवार राति भएको खेलमा बलियो लिभरपूलले ब्रेन्टफोर्डमाथि २–० को सहज जित निकालेको हो ।
लिभरपूललको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सलाह र लुइस डाइजले गोल गरे ।
खेल सुरु भएको १३ औं मिनेटमा डिएगो जोटाको पासमा डाइजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ७० औं मिनेटमा डाइजको पासमा सलाहले गोल थप्दा मर्सिसाइड क्लब २–० ले विजयी भयो ।
सहज जितसंगै लिभरपूलले दुई खेलबाट ६ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
पराजित ब्रेन्टफोर्डको समान दुई खेलमा ३ अंक रहेको छ ।