एजेन्सी । प्रिमियर लिगमा फुलहमले ब्राइटनमाथि जित निकालेको छ ।
विहिवार राति भएको खेलमा फुलहमले ब्राइटनमाथि ३–१ को जित निकालेको हो ।
फुलहमको घरेलु मैदान कार्भेन कटेज रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन एलेक्स लोबीले दुई गोल गर्दा अर्को एक गोल ब्राइटनका माट ओरिलेले आत्मघाती उपहार दिए ।
पराजित टोलीका लागि भने कार्लोस बालेबाले एक गोल फर्काए ।
खेल सुरु भएको चौथौं मिनेटमा लोबीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ५६ औं मिनेटमा जोओ पेड्रोको पासमा बालेबाले ब्राइटनका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ७९ औं मिनेटमा ओरिलेले आत्मघाती गोल गर्न पुग्दा फुलहम २–१ ले अघि बढ्यो ।
त्यसपछि खेलको अन्त्यतिर ८७ औं मिनेटमा एन्टोनी रोबिन्सनको पासमा लोबीले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा फुलहम ३–१ ले विजयी भयो ।
सहज जितसंगै फुलहमले १४ खेलबाट २२ अंक जोडेर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
पराजित ब्राइटनको समान १४ खेलमा २३ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।