
एजेन्सी । लिभरपूल प्रिमियर लिगमा नटिङघम फोरेस्टसंग स्तब्ध बनेको छ ।
सनिवार राति भएको खेलमा बलियो लिभरपूल तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी नटिङघम फोरेस्टसंग १–० ले स्तब्ध बनेको हो ।
मर्सिसाइड क्लबको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई स्तब्ध तुल्याउन फोरेस्टका कलुम हुडसन ओडोईले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७२ औं मिनेटमा एन्टोनी इलिगाको पासमा ओडाईले गोल गर्दै फोरेस्टलाई सनसनी १–० ले अघि बढायो ।
त्यसपछि लिभरपूलले खेलमा फर्किन संघर्ष गरेतापनि गोल भने निकाल्न सकेन ।
घरेलु मैदानमै अप्रत्यासित हार बेहोरेसंगै मर्सिसाइड क्लबले चार खेलबाट ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रह्यो ।
यता, फोरेस्टले भने रोमाञ्चक जितसंगै चार खेलबाट आठ अंक जोडेको छ ।
फोरेस्ट तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।