GOAL: Diogo Jota of Liverpool is congratulated by Cody Gakpo of Liverpool after scoring during the Premier League match between Fulham and Liverpool at Craven Cottage, London, England on 21 April 2024. Copyright: xCarltonxMyriex 40620021

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपूलले फुलहममाथि सहज जित निकालेको छ ।

आईतवार राति भएको खेलमा उपाधि दौडमा रहेको लिभरपूलले फुलहममाथि ३–१ को सहज जित निकालेको हो ।

फुलहमको घरेलु मैदान कार्भेन सिटी रंगशालामा भएको खेलमा भ्रमणकारी टोली लिभरपूलको जितमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, रायन ग्भेनबेर्च र डियगो जोटाले गोल गरे ।

घरेलु टोलीका लागि टिमोठी कास्टाग्नेले एक गोल फर्काए ।

पहिलो हाफको ३२ औं मिनेटमा आर्नोल्डले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।

तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा टिमोठीले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यस्तै, दोस्रो हाफको ५३ औं मिनेटमा हार्भे इलियोटको पासमा रायनले गोल थप्दा मर्सिसाइड क्लब २–१ ले अघि बढ्यो ।

यता, कोडी गाक्पोको पासमा ७२ औं मिनेटमा जोटाले गोल थप्दा रेड्स ३–१ ले विजयी भयो ।

सहज जितसंगै लिभरपूलले ३३ खेलबाट ७४ अंक जोडेको ।

शीर्ष स्थानमा रहेको आर्सनलसंग अंक बराबरी भएतापनि गोलअन्तरका आधारमा लिभरपूल तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पराजित फुलहमको भने ३४ खेलबाट ४२ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.