एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा एस्टन भिल्लामाथि फराकिलो जित निकालेको छ ।

बुधवार भएको खेलमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि ४–१ को फराकिलो जित निकालेको हो ।

सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा फिल फोडेनले ह्याट्रिक हान्दा रोड्रीले एक गोल गरे ।

यता, पराजित टोलीका लागि भने जोन डुरानले एक गोल फर्काए ।

खेल सुरु भएको ११ औं मिनेटमा जेरेमी डोकुको पासमा रोड्रीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

तर, २० औं मिनेटमा मोर्गान रोजर्सको असिस्टमा डुरानले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

यता, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए ।

त्यस्तै, दोस्रो हाफको ६२ औं मिनेटमा रोड्रीको असिस्टमा फोडेनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा सिटी ३–१ ले अघि बढ्यो ।

त्यसको सात मिनेटपछि नै फोडेनले ह्याट्रिक पूरा गर्दा सिटी ४–१ ले विजयी भयो ।

फराकिलो जितसंगै सिटीले ३० खेलबाट ६७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।

पराजित एस्टन भिल्लाको भने ३१ खेलमा ५९ अंकसहित तालिकाको चौथौं स्थानमा यथावत रहेको छ ।

प्रिमियर लिगअन्तर्गत बुधवार राति नै भएको अन्य खेलहरुमा आर्सनलले लुटन टाउनमाथि २–० को जित निकाल्दा ब्रेन्टफोर्ड र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.