
एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा एभर्टनमाथि सहज जित निकालेको छ ।
सनिवार भएको खेलमा म्यानचेस्टर युनाइटेडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एभर्टनमाथि २–० को जित निकालेको हो ।
युनाइटेडको घरेलु मैदान ओल्डट्राफेड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले गोल गरे ।
खेल सुरु भएको १२ औं मिनेटमा रेड डेभिल्सका रुपमा समेत चिनिने युनाइटेडका लागि कप्तान फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
त्यस्तै, ३६ औं मिनेटमा रासफोर्डले पनि पेनाल्टीमै गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए ।
त्यसपछि खेलमा थप गोल निस्किएन र युनाइटेडले जित्यो ।
महत्वपूर्ण जितसंगै युनाइटेडले २८ खेलमा ४७ अंक जोड्दै लिग तालिकाको छैटौं स्थानमा कायम रहेको छ ।
पराजित एभर्टनको समान २८ खेलमा २५ अंकसहित तालिकाको १६ औं स्थानमा रहेको छ ।