Josko Gvardiol of Manchester City celebrates after scoring a goal to make it 1 - 1with Ruben Dias of Manchester City in the Premier League match between Wolverhampton Wanderers and Manchester City at Molineux Stadium, Wolverhampton, England. Sunday 20th October 2024. (Photo by Isaac Parkin/Manchester City FC)

एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटीले प्रिमियर लिगमा उल्भ्समाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

आईतवार राति भएको खेलमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटीले उल्भ्समाथि संघर्षपूर्ण जित हासिल गरेको हो ।

उल्भ्सको घरेलु मैदान मोलिनेउक्स स्टेडियममा भएको खेलमा सिटीले जित निकाल्न अन्तिम समयसम्म कुर्न पर्यो ।

खेल सुरु भएको सातौं मिनेटमा नेल्सन सेमेडोको पासमा जोर्गेन स्ट्रान्ड लार्सेनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

तर, ३३ औं मिनेटमा जेरेमी डोकुको पासमा जस्को ग्भार्डियोलले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

बराबरी उन्मुख खेलमा इन्जुरी समयको पाँचौं मिनेटमा फिल फोडेनको कर्नरमा जोन्स स्टोन्सले गोल गर्दै सिटीलाई २–१ ले जिताए ।

जितसंगै सिटीले ८ खेलबाट २० अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित उल्भ्सको भने समान ८ खेलमा १ अंकसहित तालिकाको पुच्छार अर्थात् २० औं स्थानमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.