
एजेन्सी । आर्सनल प्रिमियर लिगअन्तर्गत खेलमा ब्राइटनसंग बराबरीमा रोकिएको छ ।
सनिवार साँझ भएको खेलमा उपाधि होडमा रहेको आर्सनल ब्राइटनसंग १–१ को बराबरीमा रोकिएको हो ।
आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि काइ हाभार्टेज र ब्राइटनका लागि जाओ पेड्रोले गोल गरे ।
पहिलो हाफको ३८ औं मिनेटमा बुकायो साकाको असिस्टमा काइ हाभार्टेजको गोलमार्फत् घरेलु टोलीले १–० को अग्रता लियो ।
यता, दोस्रो हाफको ४९ औं मिनेटमा डिक्लेन राइसले दोहोरो पँहेलो कार्ड खान पुग्दा गर्नस १० खेलाडीमा समेतिन पुग्यो ।
त्यसको फाइदा उठाउँदै जाओ पेड्रोले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल ननिस्किदा १–१ को बराबरीमा टुंगियो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँड्यो ।
नयाँ सिजनको प्रिमियर लिगमा तीन खेलबाट दुईमा जित र एक बराबरी खेलेको ब्राइटन सात अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
समान तीन खेलमा समान दुईमा जित र एकमा बराबरी खेलेको आर्सनलले पनि सात अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।