एजेन्सी । लिभरपूलले प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको हो ।
आईतवार राति भएको साताको हेभिवेट खेलमा लिभरपूलले चेल्सीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
मर्सिसाइड क्लबको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सलाह र कर्टिस जोन्सले गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि भने निकोलास ज्याक्सनले एक गोल फर्काए ।
पहिलो हाफको २९ औं मिनेटमा सलाहले पेनाल्टीमागोल गर्दै लिभरपूललाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ४८ औं मिनेटमा मोइसेस काइसेडोको पासमा ज्याकसनले लण्डन क्लबका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ५१ औं मिनेटमा सलाहको पासमा जोन्सले मर्सिसाइड क्लबका लागि गोल थप्दा खेल २–१ ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल लिभरपूलले जित्यो ।
महत्वपूूर्ण जितसंगै लिभरपूलले ८ खेलबाट २१ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित चेल्सीको समान ८ खेलबाट १४ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ ।