भक्तपुर । फिफा विश्वकप २०२२ सकिएसंगै युरोपमा घरेलु फुटबलको चहलपहल पुनः सुरु भएको छ । यस्तोमा भोली (सोमवार) देखि इंग्लिस प्रिमियर लिगका १७ औं चरणका खेलहरु सुरु हुँदैछन् ।

विश्व घरेलु फुटबलकै सर्वाधिक प्रतिस्पर्धात्मक मानिएको प्रिमियर लिगको अंक तालिकामा आर्सनल ३७ अंकका साथ शीर्ष स्थानमा रहेको छ । जारी लिगमा १५ खेल खेल्दा १२ मा जित १ मा हार र १ मा बराबरीको नतिजा उसले आत्मसाथ गरेको छ ।

आर्सनललाई साविक विजेता म्यानचेस्टर सिटीले ३० अंकका साथ पछ्याइरहेको छ । सिटीले १४ खेलमा १० खेलमा जित हात पार्दा २ खेलमा बराबरी र २ खेलमै हारको सामना गरेको छ ।

यता, सनसनी सुरुवात गरेको न्युक्यासल युनाइटेडले १५ खेल खेलिसक्दा ८ खेलमा जित ६ खेलमा बराबरी र मात्र १ खेलमा हार बेहोरेको छ । न्युक्यासलको ३० अंक छ र तालिकाको तेस्रो स्थानमा रहेको छ ।

टोटनहम हटस्पर २९ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा छ । उसले १५ खेल खेल्दा ९ मा जित २ मा बराबरी र ४ खेलमा पराजय बेहोरेको छ ।

तालिकाको पाँचौं स्थानमा म्यानचेस्टर युनाइटेड २६ अंकका साथ रहँदा लिभरपूल २२ अंकका साथ छैटौं स्थानमा छ ।

सातौंदेखि १७ औंसम्म क्रमश ब्राइटन, चेल्सी, फुलहम, ब्रेनफोर्ड, क्रिस्टल प्यालेस, एस्टनभिल्ला लेस्टरसिटी, बर्नमाउथ, लिड्स युनाइटेड, वेस्टह्याम युनाइटेड र एभर्टन रहँदा रेलिगेशन जोनमा नटिङ्घम फोरेस्ट, साउथह्याम्टन र उल्भ्स रहेका छन् ।

इंग्लिस फुटबलको शीर्ष घरेलु लिगको १७ औं चरणको खेलमा भोली ६ खेल हुनेछन् ।

नेपाली समयअनुसार पहिलो खेलमा ब्रेनफोर्ड र साइप्रसका रुपमा समेत चिनिने टोटनहम हटस्पर बेलुकी पख सवा ६ बजे खेल्दैछन् ।

पौने ९ बजे क्रिस्टल प्यालेस र फुलहम, एभर्टन र उल्भ्स, लेस्टरसिटी र न्युक्यासल युनाइटेड, साउथह्याम्टन र ब्राइटन आमनेसामने हुँदैछन् । यता, एस्टनभिल्ला र लिभरपूलबीच राति सवा ११ बजे खेल हुनेछ ।

मध्यरातिको पौने २ बजे लिग लिडर आर्सनल र जारी सिजन खराब प्रदर्शनबाट गुज्रिरहेको वेस्टह्याम युनाइटेड खेल्नेछ ।

बाक्र्लेका रुपमा पनि चिनिने प्रिमियर लिगको मंगलवार राति दुई खेल हुनेछ । पहिलो खेल राति सवा ११ बजे चेल्सी र बर्नमाउथबीच हुनेछ भने दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड र नटिङ्घम फोरेस्ट आमनेसामने हुनेछन् । यो खेल राति पौने २ बजे हुनेछ ।

त्यस्तै, बुधवार राति पौने २ बजे लिड्स युनाइटेडले साविक विजेता म्यानचेस्टर सिटीसंग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रिमियर लिगमा शीर्ष चारमा रहने टोलीले च्याम्पियन्स लिग खेल्ने गर्दछन् । त्यस्तै, पाँचौ र छैटौंमा लिग सक्याउने क्लबले युरोपा लिग खेल्दा सातौं हुने टिमले युरोपा कन्फरेन्स लिग खेल्ने गर्दछ ।

यता, लिग तालिकाको पुच्छारमा रहने ३ टोली प्रिमियर लिगबाट घटुवा हुँदै द च्याम्पियनसिपमा झर्ने गर्दछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.