Nepal players celebrate the run out of Mohammad Nizakat Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

भक्तपुर । ओमानमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपअन्तर्गत खेलमा नेपालले हङकङ चाइनालाई ११४ रनमा रोकेको छ ।

ओमनको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस जितेको नेपालले हङकङ चइनालाई पहिलो इनिङ्समा ब्याटिङ गर्न निम्त्यायो ।

साविक विजेतासमेत रहेको नेपालले हङकङ चइनालाई १७.५ ओभरमा अलआउट गर्दै ११४ रनमा रोक्यो ।

नेपालले अब जितका लागि १८ ओभरमा ११५ रन बनाउन पर्नेछ ।

वर्षाले खेल ढिलो गरी सुरु भएपछि निर्धारित २० ओभरको खेललाई १८ ओभरमा झारिएको छ ।

हङकङ चाइनाका लागि ओपनर ब्याट्सम्यान अनशुमन रथले २६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाउँदै गुलशन झामार्फत् रनआउट हुँदा विकेटकिपर जिशान अलीले १५ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान निजाकत खानले ११ बलमा १ चौका प्रहार गर्दै १२ रन जोड्दै गर्दा दिपेन्द्र सिंह ऐरीमार्फत् रनआउट हुँदा इशान खानले ९ बल खेल्दै १ चौका प्रहार गरेर ११ रन जोड्दै पेविलियन फर्किए ।

यता, आयुष शुक्ला ६ रनमा अविजित रहँदा अर्का ओपनर मार्टिन कोएट्जे ८, अजिज खान ७, बाबर हायात र नस्रुल्ला राणा समान ६–६, यासिम मुर्ताजा २ र धनन्जय राओ शुन्य रनमा पेविलयिन फर्किए ।

हङकङले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

हङकङ चइनालाई अलआउट गर्न नेपालका लागि अबिनाश बोहराले ४ ओभर बलिङ गर्दै २९ रन जोडेर ३ विकेट लिँदा ललित राजबंशीले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १४ रन दिएर २ विकेट लिए ।

त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ०.५ ओभरमा ६ रन दिएर २ विकेट लिँदा करण केसीले ४ ओभरमा २४ रन दिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.