
भक्तपुर । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
काठमाडौंस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताका समूह चरणका खेलहरु सम्पन्न भएसंगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।
सेमिफाइनलमा घरेलु टोली घरेलु टोली नेपालसहित युनाइटेड अरब इमिरेट्स (युएई), ओमान र कुवेत प्रवेश गरेका छन् ।
१० बलियो एसोसियत राष्ट्रहरुको सहभागिता रहेको प्रतियोगितालाई दुई समूहमा विभाजन गरि लिगका आधारमा खेलाइएको थियो ।
जसमध्येबाट समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गरेको हो ।
समूह ‘ए’ बाट आयोजक नेपाल समूह विजेताका रुपमा र ओमान उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दा समूह ‘बी’ बाट युएई विजेता र कुवेत उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
आयोजक नेपालले सेमिफाइन खेलमा कुवेतसंग सनिवार टियु क्रिकेट मैदानमा खेल्नेछ भने सोहि दिन युएई र ओमानबीच मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रिमियर कपको विजेता टोली पाकिस्तानमा यसै वर्ष हुन गइरहेको एसीसी एसिया कपमा छनोट हुनेछ ।
प्रिमियर कपको विजेता राष्ट्रले एसिया कपमा विश्व क्रिकेटका बलियो राष्ट्रहरु भारत र पाकिस्तानसंग खेल्नेछ ।