
भक्तपुर । प्रधानमन्त्री थ्री नेसन्सकप फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र ८ गतेबाट हुने जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालसँग भुटान र लाओसको सहभागिता रहने बनाएको छ ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
नेपालले चैत्र ८ गते लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै, दोस्रो खेल ११ गते भुटानसँग खेल्नेछ ।
यसअघि पनि दुई वर्ष अघि २०७७ मा नेपालले ३ नेसन्स कपको आयोजना गरेको थियो ।
उक्त प्रतियोगितामा नेपालसंगै बंगलादेश र क्रिगिस्तानको सहभागिता थियो ।
दशरथ रंगशालामा भएको उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।