
भक्तपुर । इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र एपिएफ क्लबले निकालेको छ।
आइतवार भएको दोस्रो खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकाल्दा पहिलो खेलमा विभागिय एपिएफले बागमती प्रदेशमाथि ५३ रनको जित हात पार्यो ।
दोस्रो खेलमा कर्णाली प्रदेशलेले दिएको ८० रनको सामान्य लक्ष्य मधेश प्रदेशले १०.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
मधेशको जितमा अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाए । प्रतिमा शाह अविजित रहँदै १८ रन जोडिन् । मधेशले २२ रन अतिरिक्त रुपमा पाएको थियो ।
कर्णालीका लागि बिना थापाले २ विकेट लिईन् ।
त्यसअघि पहिला ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रन बनाएको थियो ।
कर्णालीका लागि तिर्सना विश्वकर्मा ३० बलकम १५ रन बनाउँदा अन्जु गुरुङले १८ बल खेल्दै अविजित १३ रन जोडिन् ।
त्यस्तै, किरन कुँवरले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मधेशका लागि भुमी सिंहले सवार्धिक ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच समेत चुनिए । त्यस्तै, अमिरान निशाले २ विकेट लिए ।
आइतवार नै भएको पहिलो खेलमा एपीएफले बागमतीमाथि ५३ रनको जित निकाल्यो ।
एपीएफले दिएको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको बागमती २० ओभर खेलदै ९ विकेटको क्षतिमा ८३ रनमा समेतियो ।
बागमतीका लागि हेलिशा गुरुङले २५ बलमा सर्वाधिक २२ रन बनाए । त्यस्तै, सोनी पाख्रिनले २१ बलमा १३ रन बनाईन् । कन्चन श्रेष्ठले ११ तथा कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउँदै पेविलियन फर्किन् ।
एपीएफका लागि निशा भट्टले ३ विकेट लिँदा सिता राना मगरले २ विकेट लिईन् ।
त्यसअघि पहिला ब्याटिङमा आएको एपीएफले २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।
एपीएफका लागि इन्दु बर्माले २७ बलमा ३८ रन बनाउॅंदा सिता रानामगरले २९ बलमा ३६ र पाण्डेले १५ रन बनाईन् ।
बागमतीका लागि अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, खुसी डंगोल र सोनी पाख्रिनले समान १–१ विकेट लिए ।