भक्तपुर । इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत १० औं खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ ।

मंगलवार भएको दोस्रो खेलमा सुदुरपश्चिम प्रदेशले विभागिय एपिएफ क्लबमाथि ४ विकेटको जित हात पारेको हो ।

जितसंगै सुदुरपश्चिमले सेमिफाइनलमा स्थान पक्का गरेको छ । सदुरपश्चिमको यो लगातार तेस्रो जित हो । यता, पराजित एपिएफले पनि समूहको उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको ९२ रनको विजयी लक्ष्य सुदुरपश्चिमले १९.२ ओभर खेल्दै ६ विकेटको क्षतिमा ९२ रन बनाउँदै पूरा गर्यो ।

सुदुरपश्चिमका लागि डोली भट्टले सर्वाधिक ३३ रन बनाईन् । त्यस्तै, ऋतु कनोजियाले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । रेवती धामी ८ रनमा अविजित रहँदा कविता जोशीले ७, विन्दु रावल र रुवि पोद्दार समान ६–६ रन तथा कविता कुँवर र सम्झना खड्का पनि २–२ रनमा आउट भए ।

एपिएफका लागि नेरी थापाले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, सीता रानामगर र इन्दु बर्माले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एिपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनायो ।

विभागिय क्लबका लागि ममता चौधरीले २६ रन बनाउँदा ज्योति पाण्डेले १४ रन जोडिन् । त्यस्तै, रोमा थापाले १५, इन्दु बर्माले ११, नेरी थापाले ७, रेखा रावलले ६ र सीतारानाले मगर ४ रन जोडिन् ।

सुदूरपश्चिमका लागि कविता जोशीले ३ विकेट लिँदा ऋतु कनोजियाले २ विकेट लिइन् । त्यस्तै, कविता कुँवर र मनिषा चौधरीले समान १–१ विकेट लिइन् ।

खेलको प्लेयर अफ द म्याच विजेता टोलीका कविता जोशी भइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.