भक्तपुर । इतहरीमा जारी प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र एपिएफ क्लब विजयी भएका छन् ।

सनिवार भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि ९८ रनको फराकिलो जित हात पार्दा विभागिय क्लब एपिएफले पनि गण्डकी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो ।

इतहरीस्थित जनता क्रिकेट पार्कमा टस जिति पहिला ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १४७ रन बनायो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै, कप्तान सरस्वती पुनले अविजित रहँदै ३० रन जोड्दा आस्मा पुलामी मगरले १४, रन्जु श्रेष्ठले १० रन जोडेको थियो । लुम्बिनीले अतिरिक्तमात्रै ४९ रन पाएको थियो ।

कर्णालीका लागि विना थापा र यमूना थारुले २–२ विकेट लिए ।

यता, १४८ रनको विजयी लक्ष्यका ब्याटिङमा ओर्लिएको कर्णाली १८.१ ओभरमा अलआउट हुँदै ४९ रनमा समितियो ।

कर्णालीका लागि यमूना थारुले १३ रन र किरण कुनवारले १० रन जोड्नुका अलावा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

लुम्बिनीका लागि कृतिका मरासिनी र मधु डिसीले समान ३–३ विकेट लिए । त्यस्तै, सुस्मिता भुसालले २ विकेट लिए ।

इटहरीमा आजै भएको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको गण्डकी प्रदेशले २० ओभरको खेलमा ७ विकेटको क्षतिमा ५१ रन बनायो ।

गण्डकीका लागि कप्तान सृष्टी जैसीले सर्वाधिक १४ रन बनाइन् । त्यस्तै, कुसुम गोदार र सुजता थापाले ७–७ रन जोडे ।

विभागिय टोलीका लागि सुमन विष्टले ३ विकेट लिँदा सुस्मा श्रेष्ठ, नेरी थापा, सिता रानामगरले १–१ विकेट लिए ।

५२ रनको विजयी लक्ष्यका साथ मैदा उत्रिएको एपिएफले ८.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

विभागिय टोलीको जितमा सिता रानामगरले अविजित रहँदै १९ रन बनाए । रामा थापामगरले १४ रन बनाए । गण्डकीका लागि सृष्टी पौडेलले ३ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.