एजेन्सी । इंग्लिस महारथी क्लब म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा क्रिस्टल प्यालेससंग बराबरीमा रोकिएको छ ।

सनिवार राति भएको खेलमा साविक विजेतासमेत रहेको म्यानचेस्टर सिटी तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी क्रिस्टल प्यालेससंग २–२ को बराबरीमा रोकिएको हो ।

म्यानचेस्टरस्थित इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोली सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न बाध्य बन्यो ।

सिटीले खेलको २४ औं मिनेटमा फिल फोडेनको पासमा ज्याक गिर्लिसको गोलमार्फत सुरुवाती अग्रता लियो ।

त्यसपछि दोस्रो हाफको ५४ औं मिनेटमा रिको लिविसको गोलमार्फत् २–० को अग्रता लियो ।

तर, ७६ औं मिनेटमा जिन माटेटाको गोलमार्फत प्यालेस खेलमा फर्कियो ।

यता, खेलको अन्त्यतिर ९० मिनेटपछि थपिएको अतिरिक्त समयको पाँचौं मिनेटमा प्लेसका माइकल ओलिसेले पेनाल्टीमार्फत गोल फर्काउँदा खेल २–२ को बराबरीमा सकियो ।

बराबरीसंगै बलियो सिटीविरुद्व महत्वपूर्ण एक अंक खोस्न सफल प्यालेसको १६ खेलमा १७ अंक भएको छ ।

प्यालेस लिग तालिकाको १५ औं स्थानमा रह्यो ।

यता, आफ्नै घरेलु मैदानमा महत्वपूर्ण दुई अंक गुमाएको सिटीको भने समान १६ खेलमा ३४ अंक रहेको छ ।

सिटी तालिकाको चौथौं स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत गयराति नै भएको अन्य खेलहरुमा एभर्टनले बर्नलीमाथि २–० को जित हासिल गर्दा न्युक्यासल युनाइटेडले पनि फुलहममाथि ३–० को जित निकालेको छ ।

त्यस्तै, चेल्सीले सेफिल्ड युनाइटेडमाथि २–० को जित रच्दा एएफसी बर्नमाउथलुटन टाउनको खेल भने स्थगित भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.