एजेन्सी । लण्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा क्रिस्टल प्यालेसमाथि पुनरागमन जित हासिल गरेको छ ।

सोमवार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि ३–१ को पुनरागमन जित हासिल गरेको हो ।

प्यालेसको घरेलु मैदान सेलहुस्र्ट पार्क रंगशालामा भएको खेलमा भ्रमणकारी टोली चेल्सीका लागि कोनर गाल्लाघरले दुई गोल गर्दा इन्जो फर्नान्डेजले एक गोल थपे ।

घरेलु टोली प्यालेसका लागि भने जिफरसन लेर्माले एक गोल गरे ।

पहिलो हाफको ३० औं मिनेटमा लेर्माको गोलमार्फत् प्यालेसले सुरुवाती अग्रता लियो ।

तर, दोस्रो हाफको सुरुतिरै ४७ औं मिनेटमा मालो गुस्टोको असिस्टमा गाल्लाघरले चेल्सीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

बराबरी उन्मुख खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा कोल पाल्मरको असिस्टमा गाल्लाघरले चेल्सीलाई गोल थप्दा खेल २–१ ले अघि बढ्यो ।

त्यसको ३ मिनेटपछि नै पाल्मरकै असिस्टमा फर्नान्डेजले गोल थर्दा चेल्सी ३–१ ले विजयी भयो ।

पुनरागमन जितसंगै चेल्सीले २४ खेलबाट ३४ अंक जोड्दै लिग तालिकाको १० औं स्थानमा उक्लिएको छ ।

पराजित प्यालेसको समान खेलमा २४ अंकसहित तालिकाको १५ औं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.