
भक्तपुर । कतारमा जारी फिफा विश्वकपको मंगलवार भएको पोल्याण्ड र मेक्सिकोबीचको तेस्रो खेल गोलरहित बराबरीमा सकिएको छ ।
कतारको स्टेडियम ९७४ मा भएको समूह ‘सी’ को खेल गोलरहित बराबरीमा टुंगिएको हो । खेलको ५८ औं मिनेटमा प्राप्त पेनाल्टीमा रोर्वटो लेबन्डोस्की चुक्न पुग्दा पोल्याण्डले अग्रता लिने सुनौलो मौका गुमाएको थियो ।
खेलमा पकडभने मेक्सिकोले बनाएको थियो । समग्रमा ६०.३ प्रतिशत बल पोजेसन मेक्सिकोले बनाएको थियो जसमा १० प्रहार गरेको थियो ।
पोल्याण्डले भने खेल अवधिभर मात्र ४ आक्रमण बुन्न सक्यो । बराबरीसंगै दुबै टिमले १–१ अंक जोडेको छ ।