एजेन्सी । पोर्चुगल राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पदबाट राजिनामा दिएका छन् ।

कतारमा जारी फिफा विश्वकपमा पोर्चुगल क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै बाहिरिएको केहि दिनपछि उनले राजीनामा दिएका हुन् ।

उनी सन् २०१४ सेप्टेम्बरमा टोली सम्हाल्न आएका थिए । पोर्चुगिच प्रशिक्षक सान्तोसकै नेतृत्वमा पोर्चुगलले पहिलोपल्ट सन् २०१६ मा युरोकप जितेको थियो । त्यसअघि यूईएफए नेसन्स लिग पनि जितेको थियो ।

उनकै प्रशिक्षणमा पोर्चुगलले सन् २०१८ विश्वकप र २०२० को युरो पनि खेलेको थियो ।

पोर्चुगिज फुटबल फेडेरेसनले उनको राजिनामा पुष्टि गर्दै एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । जसमा ६८ वर्षीय प्रशिक्षकको यात्रा सकिएको बताएको छ ।

‘हामी अर्को प्रशिक्षक नियुक्ति गर्ने प्रक्रियामा छौं,’ संघले भनेको छ ।

पोर्चुगलले सान्तोसको स्थानमा जोसे माउरिन्होलाई ल्याउने तयारी गरेको समाचार पनि बाहिरिएको छ ।

सन् २०२४ युरोको लागि संघले माउरिन्होलाई पोर्चुगिच टोलीको प्रशिक्षकका रुपमा ल्याउन पहिलो प्राथमिकतामा राखेको छ ।

अहिले माउरिन्हो सिरी ‘ए’ क्लब रोमामा आवद्ध छन् । उनले क्लब फुटबलमा युरोपका ठूला क्लबहरु रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, चेल्सी, इन्टर मिलान, पोर्टोजस्ता क्लबहरु सम्हालिसकेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.