भक्तपुर । फिफा विश्वकपअन्तर्गत समूह ‘एच’ को दोस्रो लिग खेलमा जित हात पार्दै पोर्चुगल दोस्रो चरणमा प्रवेश गरेको छ ।
क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सोमवार राति उरुग्वेमाथि २–० को जित हात पार्दै अन्तिम १६ को स्थान सुरक्षित गरेको हो ।
लुसाइल आइकोनिक रंगशालामा भएको खेलमा पोर्चुगलका लागि दुबै गोल बु्रनो फर्नान्डेजले गरे । उनले खेलको ५४ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै, निर्धारित समयको ९० मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे ।
लगातार दोस्रो जित हात पारेको पोर्चुगलले समूहमा ६ अंक जोडेको छ । पराजित उरुग्वेको दुई खेलमा एक अंक रहेको छ ।
पोर्चुगलले अब समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासंग खेल्नेछ ।