
भक्तपुर । नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत चौथौं तथा आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर रोयल्सलाई १३९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको पोखराले १९.४ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको छ ।
पोखराका लागि आसिफ शेखले सर्वाधिक ५० रनको अर्धशतकिय पारी खेले। सिद्धान्त लोहनीले २९ तथा प्रतिश जिशीले २८ रनको योगदान गरे ।
त्यस्तै, अमिर हम्जाले १८ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन सकेनन् । जनकपुरका लागि केसरिक विलियम्स ले ३ विकेट लिए ।
यता, शरफुदिन असरफ, पवन सराफ र ललित राजवंशीले समान २–२ विकेट लिए।