एजेन्सी । इस्लामाबाद युनाइटेड पाकिस्तानी शीर्ष फ्रेन्चाइज प्रतियोगिता पाकिस्तान सुपर लिग (पिएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

सनिवार भएको दोस्रो क्वालिफायर खेलमा पेशावर जाल्मीमाथि ५ विकेटको जित निकाल्दै इस्लामाबाद युनाइटेड पिएसएलको फाइनलमा प्रवेश गरेको हो ।

योसंगै इस्लामाबादले उपाधिका लागि मुल्टान सुल्टान्ससंग सोमवार राति प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

कँराचीस्थित नेस्नल स्टेडियम कँराचीमा भएको खेलमा १८६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको इस्लामाबादले १९ ओभर खेल्नेक्रममा ५ विकेट गुमाउँदै १८९ रन जोड्यो ।

इस्लामाबादको जितमा आइमद वासिमले ४० बलमा ९ चौका प्रहार गर्दै सर्वाधिक ५९ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा हैदर अलीले २९ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, ओपनर ब्याट्सम्यान मार्टिन गुपटिलले २१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेर आउट हुँदा विकेटकिपर आजाम खानले १७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।

यता, सलमान अली आघा ५, अर्का ओपनर एलेक्स हेलस १ र कप्तान सदाब खान शुन्य रनमा पेविलियन फर्किए ।

इस्लामाबादले अतिरिक्त रुपमा १६ रन जोड्यो ।

पेशावर जाल्मीका लागि सैम अयुबले २ विकेट लिँदा लुक उड, मेहरान मुम्ताज र खुराम शाहजादले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएका पेशावर जाल्मीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १८५ रन जोड्यो ।

पेशावर जाल्मीका लागि ओपनर ब्याट्सम्यान सैम अयुबले ४४ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७३ रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर मोहम्मद हारिसले २५ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान बाबर आजामले २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किदा टम कोहलेर काडमोरले ९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेर १८ रन जोड्दै आउट भए ।

यता, अमिर जमालले ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर अविजित रहँदा हुसेन तलातले ४ बलमा १ चौका प्रहार गर्दै ८ रन जोडेर अविजित रहे ।

रोभमान पावेल भने २ रनमा पेविलियन फर्किए ।

जाल्मीले अतिरिक्त रुपमा २ रन जोड्यो ।

इस्लामाबादका लागि नसिम शाहले सर्वाधिक ३ विकेट लिँदा सादाब खान र ओबेद म्याकोएले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.