
भक्तपुर । फ्रान्समा जारी पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबल विधाको सेमिफाइनल समिकरण पूरा भएको छ ।
सनिवार राति क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै सेमिफाइनलका समिकरण पूरा भएको हो ।
सेमिफाइनलमा उपाधि दावेदार संयुक्त राज्य अमेरिका, ब्राजिल, स्पेन र जर्मनी प्रवेश गरेका छन् ।
क्वाटरफाइनल खेलहरुमा अमेरिकाले अर्को बलियो टोली जापानलाई १–० ले हराउँदा ब्राजिलले घरेलु टोी फ्रान्सलाई १–० ले नै पराजित गर्यो ।
त्यस्तै, स्पेन र कोलम्बियाको खेल भन निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समय २–२ को बराबरीमा सकिएसंगै खेलको निर्ण ट्राइब्रेकरबाट गरियो ।
जसमा स्पेन ४स्२ ले विजयी रह्यो ।
यता, क्यानडा र जर्मनीबीचको खेलपनि निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाटै भयो ।
जसमा जर्मनीले क्यानडालाई ४–२ ले पराजित गर्यो ।
अब सेमिफाइनलमा अमेरिकाले जर्मनीसंग खेल्ने तय हुँदा ब्राजिलले भने बलियो स्पेनसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
सेमिफाइनलका खेलहरु मंगलवार र बुधवार राति हुने तालिका रहेको छ ।