एजेन्सी । फ्रान्समा जारी पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबल विधाको सेमिफाइनल समिकरण पूरा भएको छ ।
शुक्रवार राति क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै सेमिफाइनलका समिकरण पूरा भएको हो ।
सेमिफाइनलमा आयोजक राष्ट्र फ्रान्ससंगै स्पेन, इजिप्ट र मोरोक्को प्रवेश गरेका छन् ।
क्वाटरफाइनल खेलहरुमा फ्रान्सले अर्जेन्टिनामाथि १–० को प्रतिस्पर्धात्मक जित रच्दा स्पेनले भने जापानलाई ३–० ले हरायो ।
त्यस्तै, मोरोक्कोले संयुक्त राज्य अमेरिकालाई ४–० को फराकिलो गोलअन्तरले हराउँदा इजिप्टले भने पाराग्वेमाथि पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगायो ।
त्यसअघि निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समय १–१ को बराबरी भएसंगै खेलको निर्णय पेनाल्टी सुटआउटबाट भयो ।
अब सेमिफाइनलमा घरेलु टोली फ्रान्सले इजिप्टसंग खेल्नेछ भने स्पेनले मोरोक्कोको सामना गर्नेछ ।
सेमिफाइनलका खेलहरु सोमवार र मंगलवार राति हुने तालिका रहेको छ ।