
भक्तपुर । फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस ओलम्पिकको आठौं दिन सकिँदासम्म पदक तालिकामा चीन शीर्ष स्थानमा रहेको छ ।
चीनले १६ स्वर्ण, १२ रजत र ९ कास्यंसहित कुल ३७ पदक जित्दै तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।
त्यस्तै, चीनलाई १४ स्वर्ण, २४ रजत र २३ कांस्यसहित कुल ६१ पदकसहित संयुक्त राज्य अमेरिकाले पछ्याइरहेको छ ।
तेस्रो स्थानमा १२ स्वर्ण १४ रजत र १५ कांस्यसहित कुल ४१ पदकसहित आयोजक फ्रान्स रहँदा १२ स्वर्ण ८ रजत र ७ कांस्यसहित कुल २७ पदकका साथ अष्ट्रेलिया चौथौं स्थानमा रहेको छ ।
यता, १० स्वर्ण, १० रजत र १३ कांस्यसहित कुल ३३ पदकसहित बेलायत पाँचौं स्थानमा रहँदा ९ स्वर्ण ७ रजत र ५ कांस्यसहित कुल २१ पदकका साथ दक्षिण कोरिया छैटौं स्थानमा रहेको छ ।
८ स्वर्ण, ५ रजत र ९ कांस्यसहित कुल २२ पदकका साथ जापान सातौं स्थानमा रहँदा ६ स्वर्ण ८ रजत र ५ कांस्यसहित कुल १९ पदकका साथ इटाली तालिकाको आठौं स्थानमा रहेको छ ।
त्यस्तै, नवौं स्थानमा ६ स्वर्ण, ४ रजत र ४ कांस्यसहित कुल १४ पदकका साथ नेडरलयाण्ड्स रहँदा ४ स्वर्ण, ४ रजत र ७ कांस्यसहित कुल १५ पदकका साथ क्यानडा १० औं स्थानमा रहेको छ ।
दक्षिण एसियाली राष्ट्रमा भने भारतले ३ कास्य जित्दै ५३ औं स्थानमा रहेको छ ।
विश्व खेलकुदकै महाकुम्भ मेलामा २०६ राष्ट्रका १० हजार ७ सय १४ खेलाडीहरु सहभागी भइरहेका छन् ।
जसमा ३२ खेलका ३२९ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
आठौं दिन सकिँदासम्म ५७ राष्ट्रले पदक जितिसकेको छ ।