एजेन्सी । पोर्चुगिच भेट्रान डिफेन्डर पेपेले संन्यासको घोषणा गरेका छन् ।

उनले विहिवार राति सामाजिक सञ्जालमार्फत् सबैखाले फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।

४१ वर्षिय डिफेन्डरले पोर्चुगलका लागि १४१ खेलमा ८ गोल गरेका छन् ।

उनले सन् २००७ मा पोर्चुगल राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गरेयता ४ फिफा विश्वकप, ५ युरो कप र ३ युईएफए नेसन्स कप खेलेका छन् ।

पोर्चुगलले सन् २०१६ मा युरो कप, २०१९ मा नेसन्स कप जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।

उनले अन्तिमपटक भर्खरै जर्मनीमा सम्पन्न युरोकपमा आफ्नो राष्ट्रका लागि खेलेका थिए ।

यसक्रममा उनले युरो कप खेल्ने हालसम्मका पाका खेलाडीको क्रीतिमान पनि बनाए ।

लेजेण्डरी डिफेन्डरले व्यवसायिक रुपमा ५३५ खेल खेल्दा ३५ गोलसमेत गरेका छन् ।

पेपेले आफ्नो व्यवसायिक करियर सन् २००१ मा पोर्चुगिच क्लब मारिटिमो बी बाट सुरुवात गरेका थिए ।

उनले बी टिमका लागि १४ खेलमा १ गोल गरे ।

त्यसपछि सन् २००२ देखि ४ सम्म ए टिमका लागि ६३ खेल खेले जसमा ३ गोलसमेत गरे ।

सन् २००४ मा पेपे मारिटिमोबाट पोर्चुगिच महारथी क्लब पोर्टो पुगे ।

पार्टोमा तीन सिजन रहँदा ६४ खेल खेल्नुका साथै ६ गोल पनि गरे ।

सन् २००७ मा पेपे पोर्टोबाट स्पेनिस महारथी रियल मड्रिड पुगे ।

उनले १० वर्ष मड्रिडमा विताउने क्रममा २२९ खेल खेल्दै १३ गोलसमेत गरे ।

यता, २०१७ मा मड्रिडको बसाँई टुंग्याउँदै टर्किस क्लब बेसिक्टास पुगे ।

जहाँ एक सिजन खेल्नेक्रममा ३३ खेलमा ५ गोल गरे ।

सन् २०१९ मा आफ्नै पुरानो क्लब पार्टो पुगेका उनले त्यसयता ३ सिजनमा १३२ खेल खेल्दै ७ गोल समेत गरे ।

पेपेले क्लब फुटबलमा मड्रिडबाट ३ ला लिगा उपाधि, ३ युईएफए च्याम्पियन्स लिगको उपाधि, २ फिफा क्लब विश्वकप र २ कोपा डेल रेको उपाधि जितेका छन् ।

त्यस्तै, पोर्टोबाट ४ प्रिमिराा लिगा (पोर्चुगिच शीर्ष घरेलु लिग) र ३ ताका डि पोर्चुगलको उपाधि जितेका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.