एजेन्सी । पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार राति भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

योसंगै क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको युरो यात्रा क्वाटरफाइनलमै सकिएको छ ।

जर्मनीको ह्यामबर्गस्थित भोल्क्सपार्कस्टाडिअन एरिना रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट भएको हो ।

ट्राइब्रेकरमा फ्रान्सलाई जिताउन ओसमाने डेम्बेले, युसुफ फफाना, जुलेस कोन्डे, ब्राड्ले बार्कोला र थियो हर्नान्डेजले गोल गरे ।

पोर्चुगलका लागि भने रोनाल्डोसहित बर्नाडो सिल्भा र नुनो मेन्डिसले पेनाल्टीमा गोल गर्दा जाओ फिलिक्सको प्रहार भने चुक्न पुग्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.