भक्तपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी पाकिस्तानी सपुर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।
नेपाली टोलीका अर्जुन साउद, सोमपाल कामी र सुवास खकुरेल ड्राफ्टमा परेका हुन् । पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीमा विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरुलाई समेटिएका हुन् । पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ ।
पीएसएल पाकिस्तानको टि–२० फ्रेन्चाइज प्रतियोगिता हो ।