
एजेन्सी । उपाधि दावेदारका रुपमा हेरिएको फ्रान्सेली महारथी क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग खेलमा ब्रायन म्युनिखसंग पनि पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधवार राति भएको हेभिवेट खेलमा पिएसजी ब्रायन म्युनिखसंग २–० ले पराजित हुँदा समग्रमा ३–० को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
जर्मन महारथी क्लब ब्रायनको घरेलु मैदान एलियान्ज एरिना रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ६१ औं मिनेटमा इरिक म्याक्सिम चौपो मोटिङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसअघि ५२ औं मिनेटमा मोटिङले नै गरेको गोल भिएआरले मान्यता दिएको थिएन ।
त्यसपछि खेलको अन्त्यतिर सर्जेइ ग्नाब्रेले गोल गर्दै ब्रायनलाई २–० ले जिताए ।
त्यसअघि पहिलो लेग खेलमा पनि पिएसजी ब्रायनसंग १–० ले पराजित भएको थियो ।
गयराति नै सम्पन्न अर्को खेलमा इंग्लिस क्लब टोटनहम आफ्नै घरेलु मैदानमा इटालियन क्लब एसी मिलानसंग गोलरहित बराबरीमा रोकिँदा सम्रग्रमा १–० को पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि पहिलो खेलमा टोटनहम मिलानसंग १–० ले पराजित भएको थियो ।
आ–आफ्ना खेलमा जित हात पारेको ब्रायन र मिलान भने च्याम्पियन्स लिगको क्पाटरफाइनल प्रवेश गरेको छ ।