
एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) फ्रान्सेली शीर्ष लिग लिग वानमा रेन्नेससंग बराबरीमा रोकिएको छ ।
आईतवार राति भएको खेलमा साविक विजेता समेत रहेको पिएसजी रेन्नेससंग १–१ गोलको बराबरीमा रोकिएको हो ।
पेरिसस्थित पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा ३३ औं मिनेटमा अमिन गौइरीको गेलमार्फत् भ्रमणकारी टोलीले १–० को अग्रता लियो ।
यता, खेलमा फर्किन संघर्षरत पिएसजीका लागि खेलको अन्तिम समयतिर गोन्कालो रामोसले फर्काउँदै हार तारे ।
रामोसले इन्जुरी समयको सातौं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
शीर्ष स्थानमा रहेको पिएसजीले लिगमा २३ खेल खेलिक्दा ५४ अंक जोडेको छ ।
यता, रेन्नेसको भने समान २३ खेलमा ३५ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहेको छ ।