
एजेन्सी । फ्रान्सेली महारथी क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी नान्टेसलाई फ्रान्सेली लिग वानमा हराएको छ ।
सनिवार राति भएको खेलमा बलियो पिएसजीले कमजोर प्रतिद्वन्दी नान्टेसमाथि ४–२ को गोल अन्तरमा हराएको हो ।
पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा घरेलु टोली पिएसजीका लागि लियोनल मेसीले १२ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
यता, १७ औं मिनेटमा नान्टेसका जाओएन हदजामले आत्मघाती गोल गर्न पुग्दा खेलमा पिएसजी २–० ले अगाडी बढ्यो ।
त्यसपछि नान्टेसका लुदोभिक ब्लासले ३१ औं र इग्नातियुस गानागोले ३८ औं मिनेटमा गोल गर्दा खले २–२ को बराबरीमा पुग्यो ।
दोस्रो हाफको ६० औं मिनेटमा ड्यानिलो पेरेराले गोल गर्दा पुनः पिएसजी ३–२ ले अघि बढ्यो ।
त्यसपछि खेलको अन्त्यतिर केलियन एम्बाप्पेले गोल थीदा साविक विजेता पिएसजीले खेल ४–२ ले जित्यो ।
जितसंगै २६ खेलमा पिएसजीले ६३ अंक जोडेको छ । पिएसजी तालिकाको शीर्ष स्थानमा छ ।
यता, पराजित नान्टेसको समान खेलमा २८ अंक छ । नान्टेस तालिकाको १३ औं स्थानमा छ ।
लिग वानअन्तर्गत अन्य खेलमा लेन्स र लिलेले १–१ को बराबरी खेल्दा नाइस र अक्सेरेले पनि १–१ को बराबरी खेल्यो ।