भक्तपुर । आईसीसी विश्वकप लिग २ मा पपुवा न्युगिनी (पिएनजी) विरुद्वको खेलमा नेपालले ४ विकेटको जित हात पारेको छ ।

सोमवार भएको खेलमा २०४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा २०७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

युएईस्थित दुबई अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई जिताउन कुशल भुर्तेलले ६९ बलको सामना गर्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, विकेटकिपर आसिफ शेखले ३९ बल खेल्दै ५ चौका प्रहार गर्दै ४४ रन जोड्दा आरिफ शेखले६२ बलमा १ चौका मद्दतमा ३३ रन बनाए ।

दिपेन्द्र सिंह ऐरी ४३ बलमा १ छक्का प्रहार गर्दै २२ रनमा आउट हुँदा कप्तान रोहित पौडेल २१ बल खेल्दै १ चौका मद्दतमा २० रनमा पेविलियन फर्किए ।

ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा कुशल मल्ल १२ तथा सोमपाल कामी ५ रनमा नटआउट रहे । नेपालले अतिरिक्त रुपमा ११ रन जोडेको थियो ।

पिएनजीका लागि असद भालाले ३ विकेट लिँदा नोर्मन भानुवा र सेसे बाउले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको पिएनजीले ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनायो ।

पिएनजीका लागि असद भालाले ५३ बल खेल्दै ४ चौका मद्दतमा ३६ रन जोड्दा सेसे बाउले ५५ बलमा ३ चौका प्रहार गर्दै ३१ रन जोडे ।

कप्तान तथा विकेटकिपर केप्लिन दोरिगा ५९ बलको सामना गर्दा ४ चौका प्रहार गर्दै २९ रन बनाउँदा चाद सोपेर ५३ बलमा २ चौका मद्दतमा ३६ रन बनाउँै अविजित रहे ।

त्यस्तै, नोर्मन भानुवाले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २५ रन जोड्दै पेविलियन फर्कदा हिरि हिरि १७ बलमा १० रन बनाउँदै आउट भए ।

पिएनजीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । रिले हेरुके ७, चार्स एमिनी ६, टोनी उरा २ तथा एैले नाउ १ रनमा आउट हुँदा सेमो कामिया २ रनमा अविजित रहे । पिएनजीले १८ रन अतिरिक्त रुपमा पाएको थियो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिए । त्यस्तै, सोमपाल कामी, करन केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.