भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) ले पपुवा न्युगिनी (पिएनजी) माथि ६ विकेटको जित हात पारेको छ ।

बुधवार भएको खेलमा पिएनजीले दिएको २३५ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै २३६ रन बनाउँदै जित हात पारेको हो ।

क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा युएईको जितमा कप्तान मुहम्मद वासिमले ७६ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै सर्वाधिक ११९ रनको शतकिय इनिङ्स खेले ।

त्यस्तै, भ्रित्या अरभिन्दले ५६ बल खेल्दै ५ चौका मद्दतमा ३३ रन जोड्दा सिपी रिजवान ४४ बलमा ४ चौका प्रहार गर्दै २९ रनमा अविजित रहे ।

यता, आयान अफजल खान ३८ बलमा ४ चौका र १ छक्का मद्दतमा २७ रन जोड्दै पेविलियन फर्किदा आसिफ खान ११ ३ बलको सामना गर्दै १ चौका र १ छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे ।

आर्यान लाक्रा ४ रनमा आउट भए । युएईले १३ रन अतिरिक्त रुपमा पायो ।

यता, पिएनजीका लागि रिले हेकुरेले ७ ओभर बलिङ गर्ने क्रममा १ मेदन राखेर २४ रन खर्चिदै २ विकेट लिए ।

त्यस्तै, काबुआ मोरियाले ७ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ मेदन राख्दै १ विकेट लिए । जोन कारिकोले ८ ओभर बलिङ गर्दै ५१ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पिएनजीले ७ विकेटको क्षतिमा २३४ रन बनाएको थियो ।

पिएनजीका लागि कप्तान अस्सद भालाले ९२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६५ रनको अर्धशतकिय पारी खेले ।

नोर्मन भानुआले अविजित रहँदै ३१ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन जोडे ।

त्यस्तै, रिले हेकुरेले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोड्दा विकेटकिपर केप्लिन दोरिगाले ६० बल खेल्दै ३ चौका मद्दतमा २४ रन बनाउँदै पेविलियन फर्किए ।

यता, चार्लिस एमिनीले ४४ बलमा ३ चौका प्रहार गर्दै २२ रन बनाउँदा गौदी तोकाले २५ बलमा १ चौका प्रहार गर्दै १५ रन जोड्दै आउट भए ।

सेसे बाउ ९, हिरी हिरी ४ रन बनाउँदै आउट हुँदा चाद सोपेर शुन्य रनमा अविजित रहे । पिएनजीले अतिरिक्त रुपमा १३ रन जोडेको थियो ।

युएईका हजरत बिलालले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।

त्यस्तै, रोहन मुस्ताफाले १० ओभर बलिङ गर्नेक्रममा १ मेदन राख्दै २० रन खर्चिएर १ विकेट लिँदा जावेर फारिदले ६ ओभर बलिङ गर्दै ४५ रन खर्चिएर १ विकेट लिए ।

सिरिज अन्तर्गत भोली (विहिवार) नेपालले युएईसंग अन्तिम खेल खेल्दैछ । भोलीको खेल जित्न सके नेपालले ओडिआई विश्वकपको अन्तिम छनोटमा स्थान पक्का गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.