एजेन्सी । अफगानिस्तानले आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा पपुवा न्युगिनी (पिएनजी) माथि सहज जित हासिल गर्दै सुपर ८ मा प्रवेश गरेको छ ।

शुक्रवार विहान भएको खेलमा अफगानिस्तानले पिएनजीमाथि ७ विकेटको सहज जित हासिल गर्दै सुपर ८ मा प्रवेश गरेको हो ।

अफगानिस्तानले समूह ‘सी’ बाट ३ खेल खेल्नेक्रममा शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लियो ।

यो समूहबाट यसअघि नै वेस्ट इन्डिजले अघिल्लो चरण स्थान सुरक्षित गरिसकेको छ ।

यहि समूहमा रहेको बलियो न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरएको छ ।

पिएनजीले भने समूह चरणका ३ खेल खेल्दा सबैमा हार बेहोरेको छ ।

वेस्ट इन्डिजस्थित ब्रायन लारा क्रिकेट एकेडेमी रंगशालामा भएको खेलमा ९६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाउँदै १०१ रन जोड्यो ।

अफगानिस्तानको जितमा गुलबदिन नाइबले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडेर अविजित रहँदा मोहम्मद नाबीले २३ बल खेल्नेक्रममा १ चौका मद्दतमा १६ रन जोडेर अविजित रहे ।

त्यस्तै, अज्मतुल्लाह ओमारजायीले १८ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रहमानुल्लाह गुरबाजले ७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।

अर्का ओपनर इब्राहिम जडरान भने शुन्य रनमा पेविलियन फर्किए ।

अफगानिस्तानले अतिरिक्त रुपमा १२ रन जोड्यो ।

पिएनजीका लागि अलै नाओ, चाद सोपेर र नोर्मन भानुआले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पिएनजीले १९.५ ओभरमा अलआउट हुँदै ९५ रन जोड्यो ।

पिएनजीका लागि विकेटकिपर किप्लिन डोरिगाले ३२ बलमा २ चौका प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किदा अलै नाओले १९ बल खेल्दै २ चौका प्रहार गरेर १३ रन जोड्दै आउट भए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान टोनी उराले १८ बलमा १ चौका मद्दतमा ११ रन जोडेर आउट हुँदा चाद सोपेर ९, कप्तान अस्सद भाला ३, सेमो कामेआ २, हिरी हिरी १ रनमा पेविलियन फर्किए ।

जोन कारिको ४ रनमा अविजित रहँदा अन्य ३ पिएनजीका खेलाडी शुन्य रनमा आउट भए ।

पिएनजीले अतिरिक्त रुपमा २५ रन जोड्यो ।

पिएनजीलाई अलआउट गर्न फजलहक फारुकीले ३ विकेट लिँदा नविन उल हकले २ र नुर अहमदले १ विकेट लिए ।

पिएनजीका अन्य ४ विकेट रनआउटमार्फत् अफगानिस्तानले प्राप्त गर्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.