भक्तपुर । पाकिस्तानविरुद्धको टेस्ट सिरिज इंग्ल्याण्डले एक खेल अगावै जितेको छ ।

पाकिस्तानस्थित मुल्टान क्रिकेट रंगशालामा भएको तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा भ्रमणकारी टोलीले पाकिस्तानमाथि २६ रनको जित हात पारेको हो । जितेसँगै इंग्ल्याण्डले सिरिज २–० ले जितेको छ ।

सोमबार इंग्ल्याण्डले दिएको ३ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३ सय २८ रनमा समेटिएसंगै घरेलु टोली पराजित भएको हो ।

पाकिस्तानको लागि साउद शकिलले सर्वाधिक ९४ रनको अर्धशतकीय योगदान गरे । त्यस्तै, इमाम उल हकले ६० रनको अर्धशतकीय रन जोड्दा मोहम्मद नवाज र अब्दुल्लाह शाफिक्युले समान ४५–४५ रन बनाए । यता, मोहम्मद रिजवानले ३० तथा आगा सलमान २० रन जोड्दै अविजित रहे ।

थ्री लायन्सका रुपमा समेत परिचित इंग्ल्याण्डका लागि मार्क उडले ४ विकेट लिए । त्यस्तै, ओली रोविन्सन र जेम्स एन्डरसनले समान २–२ विकेट हात पारे । यता, ज्याक लिज र जोय रुटले पनि समान १–१ विकेट लिए ।

यसअघि इंग्ल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्दै २ सय ८१ रन जोडेको थियो । इंग्लिस टोलीका लागि बेन डुकेट र ओली पोप अर्धशतक प्रहार गरेका थिए । डुकेटले ६३ रन जोड्दा पोपले ६० रनको योगदान गरेका थिए । त्यस्तै, मार्क उड अविजित रहँदै ३६ रन जोड्दा विल ज्याक्सले ३१ रन बनाएका थिए ।

यता, ज्याक क्रोली भने १९ रनमा आउट भएका थिए । घरेलु टोलीका लागि अबरार अहम्मदले ७ तथा जायद मोहम्मदले ३ विकेट लिएका थिए ।

तीन खेलको टेस्ट सिरिजको तेस्रो खेल आगामी सनिवार हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.