एजेन्सी । पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमवार राति भएको खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

योसंगै समूह ‘ए’ बाट अष्ट्रेलिया र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गर्दा भारत भने समूह चरणबाटै बाहिरिएको छ ।

पाकिस्तान र श्रीलंका भने यसअघि नै प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको थियो ।

समूहको अंक तालिकामा अष्ट्रेलियाको ८, न्युजिल्याण्डको ६, भारतको ४ र पाकिस्तानको २ अंक रहेको छ ।

यता, श्रीलंकाले भने अंकको खाता नै खोल्न सकेन ।

युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १११ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा अलआउट हुन पुग्दा मात्र ५६ रनमा समेतियो ।

पाकिस्तानका लागि कप्तान फातिमा सानाले २३ बलमा २ चौका प्रहार गर्दै २१ रन जोड्दा ओपनर ब्याटर तथा विकेटकिपर मुनिबा अलीले ११ बल खेल्दै २ चौका प्रहार गरेर १५ रन जोडेर पेविलियन फर्किन् ।

पाकिस्तानका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकिनन् ।

निदा दर ९, इराम जाभेड ३ तथा सदाफ शाम्स र ओमैमा शोहिलले समान २–२ रन जोड्दा अन्य कुनैपनि ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।

पाकिस्तानले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

पाकिस्तानको ब्याटिङलाई धराशायी पार्न न्युजिल्याण्डका लागि एमेलिया केरले ३ विकेट लिँदा इडेन कार्सनले २ तथा रोसमेरी मैर, लिया तहुहु र फ्रान जोन्सले समान १–१ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै ११० रन जोड्यो ।

न्युजिल्याण्डका लागि ओपनर ब्याटर सुजेइ बेटिसले २९ बलमा ३ चौका प्रहार गर्दै २८ रन जोड्दा ब्रोक हरिडेले २४ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किन् ।

त्यस्तै, कप्तान सोफी डेभिनले २५ बलमा १९ रन जोड्दा अर्का ओपनर जर्जिया प्लिमेरले १४ बल खेल्दै २ चौका प्रहार गरेर १७ रन जोड्दै पेविलियन फर्किन् ।

यता, एमेलिया केर र म्याडी ग्रिन समान ९–९ रनमा पेविलियन फर्किदा विकेटकिपर इजे गेज ५ रनमा अविजित रहिन् ।

पाकिस्तानका लागि नशरा सन्धुले ३ विकेट लिँदा ओमैमा शोहिल, निदा दर र सदिया इकबालले १–१ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.