एजेन्सी । आईसीसी महिला टि–२० विश्वकपमा पाकिस्तानमाथि जित हात पार्दै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आइतवार भएको समूह ‘बी’ को खेलमा चिरपरिचत प्रतिद्वन्दी पाकिस्तानलाई भारतले ७ विकेटको जित हात पारेको हो ।

दक्षिण अफ्रिकास्थित न्युल्याण्ड्स क्रिकेट मैदानमा भएको खेलमा १५० रनको विजयी लक्ष्य पछ्याएको भारतिय महिला टोलीले १९ ओभरमा ३ विकेट गुमाउँदै १५१ रन जोड्दै लक्ष्य पूरा गर्यो ।

भारतका लागि जेमिमाह रोड्रिगियोसले ३८ बल खेल्दै ८ चौकाको मद्दतमा अविजित रहँदै सर्वाधिक ५३ रन बनाइन् । त्यस्तै, साफाली बर्माले २५ बलमा ४ चौका प्रहार गर्दै ३३ रनको योगदान गरिन् ।

विकेटकिपर समेत रहेकी रिचा घोष २० बलमा ५ चौकाको मद्दतमा ३१ रनमा अविजित रहिन् । त्यस्तै, यस्तिका भातिया १७, कप्तान हर्मनप्रित कौरले १६ रन जोडिन् ।

पाकिस्तानका लागि नाशरा सन्धुले २ विकेट लिँदा सदिया इकवालले १ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानी महिला टोलीले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १४९ रन जोडेको थियो ।

पाकिस्तानका लागि कप्तान बिसमह मरुफले ५५ बलमा ७ चौका प्रहार गर्दै अविजित रहँदै सर्वाधिक ६८ रन जोडेकी थिईन् । त्यस्तै, आयशा नासिमले पनि २५ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा अविजित ४३ रन जोडेकी थिईन् ।

विकेटकिपर मुनिबा अलिले १२ रन जोड्दा सिद्रा अमेन ११ रनमा आउट भईन् । जाबेरिया खान ८ रनमा पेविलियन फर्किदा निदा दर शुन्यमा आउट भइन् ।

भारतका लागि राधा यादवले २ विकेट लिँदा दिप्ती शर्मा र पुजा बसट्राकरले १–१ विकेट लिईन् ।

जितसंगै भारतले समूह ‘बी’ मा महत्वपूर्ण २ अंक जोडेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.