भक्तपुर । काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बुधवार काठमाडौं महानगरपालिकाले फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

काठमाडौं महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा भएको कार्यक्रममा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पलेशालाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।

त्यसअघि आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पलेशालाई नगर परिक्रमा गराइएको थियो ।

पलेशाले तेक्वान्दो विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.